वि. स. २०७९ साल असोज २९ गते टीकापुर क्षेत्रका १७ जना महिला दिदीबहिनीहरु भेला भै स्वरोजगारी सिर्जनाको साथ साथै स्थानिय स्तरमा रहेको बेरोजगारी समस्याबाट आर्थिक आभाव बेहोरी रहेका अन्य दिदीबहिनीहरुलाई रोजगारी दिने असल मनसायबाट मालिका महिला उद्यमी कम्पनी स्थापना गर्ने निर्णय गरिएको हो। स्थानिय स्तरमा उत्पादनहुने मुला, विभिन्न खालका सागहरु, पिडालु लगायत तरकारीजन्य कच्चा पदार्थको प्रयोगगरी मस्योरा, सिन्की, गुन्द्रुक, अचार लगायतका सामग्रीहरु उत्पादन गरेर स्थानिय टीकापुर बजार तथा बहाय बजारहरुमा समेत निर्यात गरि समग्र यस क्षेत्रका आर्थिक विकासमा समेत मदत पुगोस भन्ने उद्दश्यले आवश्यक सम्पूर्ण प्र्क्रीया पुरा गरी मिती २०७९/०९/१४ गते कम्पनी रजिस्ट्रारको कार्यलय, काठमाडौँ २०७९/०९/१९ गते टीकापुर नगरपालिका वडा न. १ मा न. व्यावसाय दर्ता तथा २०७९/०९/२६ गते घरेलु तथा साना उद्योग कार्यलय कैलालीमा दर्ता गरी संचालनमा आएको छ।
१. स्थानिय उत्पादनलाई स्थानिय स्तरमै खपत गराएर स्थानिय कृषकहरुलाई कृषि पेसाप्रति प्रोत्साहन गराई उनीहरुलाई आर्थिक हिसाबले अब्बल बनाउने।
२. यस क्षेत्रका महिला दिदीबहिनीहरुलाई रोजगारको अवसर सिर्जना गर्ने। शुद्ध उत्पादन स्वाथ्य शरीर।
३. जिविकोपार्जन सम्बन्धि विभिन्न कार्य तथा तालिम प्रदान गर्ने।
४. अर्गानिक खाद्य बस्तुको पहिचान गरी संकलन, उत्पादन, ग्रेडीङ्ग, प्रसोधन गरी आफ्नै ब्रान्डेड नामबाट प्याकिंग गरि स्वादेश तथा विदेशमा थोक तथा खुद्रा रुपमा बिक्रि वितरण गर्ने / गराउने।
५. गुन्द्रुक, मस्योरा, अचार तथा खाद्य बस्तुलाई आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गर्ने र स्वाथ्य, सुरक्षित र आकर्सक तरिकाले प्याकेजिंग गरी वितरण गर्ने।
६. उपरोक्त बस्तु तथा पदार्थको व्यावसाय प्रवर्द्वनार्थ बजार स्थतिको सम्भाव्याता अध्ययन, अनुसंधान र सुर्वेक्षण गर्ने / गराउने, परामर्श लिने दिने, बजार व्यस्थापन सम्बन्धि कार्य गर्ने / गराउने र विभिन्न तालिमहरु गर्ने / गराउने।
कैलाली जिल्ला टीकापुर क्षेत्रका दिदीबहिनीहरुको सामुहिक पहलबाट केही गर्नुपर्छ भन्ने पवित्र सोचमा साथ २०७९ साल पौष महिनाको १४ गते मालिका महिला उद्यमि कम्पनी प्रा लि. स्थापना गरिएको हो। कृषि उत्पादनको प्रशस्त सम्भावना भएको यस क्षेत्रका किसानहरुले उत्पादन गर्ने पिडालु, सागहरु, मुला, करेला, आप लगायतका तरकारी तथा फलफूलहरुबाट तयार हुने मस्योरा, गुन्द्रुक, सिन्की, अचार, लगायतका खाद्य पदार्थहरु उत्पादन गरेर महिला दिदी बहिनीहरुलाई स्वरोजगार बनाउने तथा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु पनि खेर नजाने बरु बिक्रीको शुनिश्चितता भएपछि उत्पादन पनि थप बढ्ने हामीले बिश्वास लिएका छौ।
त्यसको साथै मानब जीवन संग प्रत्त्यक्ष रुपमा जोडिएको खाद्यन्न उत्पादन गर्ने यस उद्योगले गुणस्तरमा कुनै खालको सम्झौता नगरी सुद्धता तथा गुणस्तरीयतामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौ।
हाल यस कम्पनी उत्पादन गरिरहेका खाद्यवस्तुहरु: मस्योरा, सिन्की, गुन्द्रुक, आपको आचार, आपको गल्का, करेलाको सुकुटी।